बुधबार, भदौ १०, २०८३

‘७ गतेसम्म आंशिक लकडाउन छ, कसरी गाडी चलाउनु ?’

यातायात व्यवसायीहरू साउन ८ गतेदेखि भाडाका गाडी सञ्चालन गर्ने तयारीमा जुटेका छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं– यातायात व्यवसायीहरू साउन ८ गतेदेखि भाडाका गाडी सञ्चालन गर्ने तयारीमा जुटेका छन्।

‘७ गतेसम्म त आंशिक लकडाउन छ, गाडी कसरी चलाउनु?’, नेपाल राष्ट्रिय यातायात महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले नेपाल समयसँग भने।

उनले मजदुरहरू देशका विभिन्न भागमा पुगेकाले उनीहरूलाई सम्बन्धित ठाउँमा पुर्याएपछि मात्र भाडाका गाडी सञ्चालन हुने जानकारी दिए।

उनले भने, ‘गाडी एक ठाउँमा थन्क्याइएको छ, मजदुरहरू देशका अर्कै कुनामा पुगेका छन्। अब उनीहरूलाई कसरी सम्बन्धित ठाउँमा पुर्याउने भन्ने विषयमा छलफल भइरहेको छ।’

सरकारले असार १५ गते लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको थियो। यस्तै ३ गतेको मन्त्रिपरिषद् बैठकले २६ गतेदेखि स्वास्थ्य सुरक्षा अपनाएर, ५० प्रतिशत सिटमा मात्र यात्रु राखेर चलाउने निर्णय गरेको थियो।

व्यवसायीले भने तत्काल भाडाका गाडी चलाउन नसकिने भन्दै विपक्षी दलका नेतादेखि प्रधानमन्त्रीसम्मलाई विभिन्न माग राखेका थिए।

‘हाम्रा समस्या सम्बन्धित निकायमा पेस गरेका छौं। अब के गर्ने भनेर हामी आन्तरिक छलफलको तयारीमा छौं। एक दुई दिनमा निर्णय हुन्छ। सोमबारदेखि नै भाडाका गाडी चल्ने कुरा सत्य होइन’, महासंघका महासचिव सरोज सिटौलाले भने।

उनले भाडाका गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरिने पनि बताए।

काठमाडौं उपत्यकामा साझा, मयुर लगायतका यातयातका बस सञ्चालन हुन थालेका छन्। यस्तै सहरी क्षेत्रमा सफा टेम्पुले पनि यात्रुलाई ओसार्न थालेका छन्। तर लामो दुरीका बस भने सञ्चालनमा आउन सकेका छैनन्।

प्रकाशित: Jul 19, 2020| 14:17 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।