बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भिनाजुसँग फिरौती बुझेर भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ

भिनाजुसँग फिरौती बुझेर भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ

फिरौती रकम बुझाएर पनि छोरा फेला नपरेपछि खोजतलास गर्ने क्रममा वालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौँ– १३ वर्षपहिले आफ्नै ११ वर्षीया भाञ्जाको अपहरणपछि हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्ता छन्।

राजेशले २०६४ असोज २४ गते भारत सितामणि घर भई काठमाडौं–२२ खिचापोखरी बस्ने बासुदेव गुप्ताका छोरा रोहित गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यालगत्तै फरार रहेका राजेशलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही मलंगवा–८ बाट शनिबार पक्राउ गरेको हो।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार बेलुकी पाँच बजेतिर बालक वेपत्ता भएका थिए। त्यसलगत्तै अपरिचित व्यक्तिले बाबु बासुदेवलाई फोन गरी ‘तिम्रो छोरा अपहरणमा परेको छ, साढे दुई लाख फिरौती दिएमात्र छाड्छु’ भनेका थिए।

‘बालक अपहरणको मुख्य योजनाकार नै सहोदर मामा राजेश रहेको र उनैले भिजानुबाट दुई लाख रुपैयाँ फिरौती बुझेर पनि भान्जाको हत्या गरेका थिए,’ कार्कीले भने, ‘ट्याक्सीमा आएका अपरिचित व्यक्तिले फिरौती रकम लिएको भनेर भिनाजुसँग वहाना बनाएको खुलेको छ।’

फिरौती रकम बुझाएर पनि छोरा फेला नपरेपछि खोजतलास गर्ने क्रममा वालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो।

गुप्ताले आफ्नै पसलमा काम गर्ने धादिङका विष्णु सुनारको संलग्नतामा बालकको हत्या गरेको खुलेको छ।

उनीहरुले जादूटुना सिकाउने वहानामा आफ्नो कोठामा लगेर बालकको हत्या गरेको प्रहरीले जनाएको छ। सुनार भने घटनाको दुई महिनापछि पक्राउ परेका थिए। उनी हाल कारागारमै छन्।

राजेश सुरुमा भाञ्जा हराएको भन्दै आफन्तसँगै खबर गर्न प्रहरीमा समेत पुगेका थिए र खोजी गरेको बाहनासमेत गरेका थिए। पछि उनैमाथि प्रहरीले शंका गरेपछि फरार भएका थिए।

 

प्रकाशित: Jul 19, 2020| 13:43 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।