बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजारमा मौद्रिक नीतिको कमाल, तीन घण्टामै तीनपल्ट सकारात्मक सर्किट ब्रेक

सेयर बजारमा मौद्रिक नीतिको कमाल, तीन घण्टामै तीनपल्ट सकारात्मक सर्किट ब्रेक

सेयर बजार आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

सेयर बजार आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ।

कारोबार सुरु भएको एक घण्टामा नै तीन पटक सर्किट लागेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारको लागि कारोबार बन्द गरेको हो।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिका कारण बजार खुल्नासाथै बैंकिङ समूहको सेयरमा लगानीकर्ता झुम्मिएपछि बजार उकालो लाग्न सुरु गरेको थियो। पछिल्लो समय बजार ६ प्रशितले बढेपछि नेप्सेले बजार बन्द गराएको हो।

शुक्रबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ३० प्रतिशत भन्दा माथि नगद लाभांश दिन नपाउने तर बोनस लाभांश भने दिन सकिने व्यवस्था गरेको छ। बैंकहरुको नगद लाभांश भन्दा बोनस लाभांश दिँदा लगानीकर्ताहरुलाई धेरै फाइदा हुन्छ।

जस्तै– कुनै लगानीकर्ताले १० हजार रुपैयाँ एउटा बैंकमा लगानी गरेको छ र त्यो बैंकले नगद लाभांश ३० प्रतिशत दियो भने उसले तीन हजार बराबरको रकम प्राप्त गर्छ। तर यदि सो बैंकले ३० प्रतिशत बोनस सेयर दिएमा उसले बैंकको सेयर मूल्य अनुसार फाइदा पुग्छ।

यदि हिमालयन बैंकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर दियो भने दश हजार रुपैयाँ लगानी गर्नेले ३० कित्ता सेयर पाउँछ । सो बैंकको अहिलेको सेयर मूल्य ५५८ छ । उसले पाएको ३० कित्ता अहिलेको मूल्यमा बेचे पनि उसले १६ हजार ७३० रुपैयाँ पाउने छ ।

त्यसैले लगानीकर्ताहरु बैंकको सेयरमा लगानीका लागि आकर्षित भएका हुन् । नेप्सेमा कारोबार हुने कम्पनीमा बैंकहरुको हिस्सा करिब ७० प्रतिशत छ । लगानीकर्ताहरु बैंकको सेयरतर्फ आकर्षित हुनेवित्तिकै बजार ह्वात्तै उकालो लागेको हो ।

आइतबार बजार बन्द हुनुअघि १११ कम्पनीका ६ करोड २५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका ७ वटा कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

प्रकाशित: Jul 19, 2020| 13:26 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्