बुधबार, भदौ १०, २०८३

नेवानिका १४ कर्मचारी कोरोनामुक्त

कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन्।

कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो । देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले आभार व्यक्त पनि गरेको छ ।
रासस

प्रकाशित: Jul 19, 2020| 12:33 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।