काठमाडौं– नेपाली कांग्रेसले सुवर्ण ज्वारचनलाई प्रतिनिधिसभा सांसद बनाएको छ। प्रतिनिनिधसभा सभानुपातिकतर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि रिक्त स्थानमा ज्वारचनलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको थियो।
‘पार्टीको सिफारिसअनुसार निर्वाचन आयोगबाट संसद सचिवालयमा ज्वारचनको नाम आइसकेको छ। आज दिउँसो उहाँले सांसद पदको शपथ लिँदै हुनुहन्छ’, कांग्रेस मुख्य सचेत बालकृष्ण खाँडले नेपाल समयसँग भने। ज्वारचन गुल्मीकी हुन्।
कांग्रेसले निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची बुझाउँदा छन्त्यालपछि ज्वारचनको नाम राखेको थियो।
ज्वाचनलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।