बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा २४ घण्टामा ३ लाख ६१ हजारको पीसीआर परीक्षण, ३९ हजारमा संक्रमण पुष्टि

भारतमा २४ घण्टामा ३ लाख ६१ हजारको पीसीआर परीक्षण, ३९ हजारमा संक्रमण पुष्टि

भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको छ।

विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ बिरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको छ।

भारतमा आइतबारसम्म निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित छन् ।

सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ। शनिबारमात्रै तीन लाख ६१ हजार २४ व्यक्तिको पीसीआर परीक्षण भएको थियो।

प्रकाशित: Jul 19, 2020| 11:38 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।