पोखरा- गण्डकी प्रदेशमा आज (आइतबार) फेरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्की र लमजुङमा ६/६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यसअघि आजै गण्डकी प्रदेशमा १२ जनामा संक्रमित थपिएका थिए । म्याग्दीमा ६, बागलुङमा २, स्याङ्जामा २ र पर्वतमा २ जना संक्रमित थपिएका हुन् ।
आजैमात्र २४ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ ।