काठमाडौं– सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकृत बिक्रेता भीजी अटोमोबाइल्सले १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदर अफर ल्याएको छ।
कोरोना महामारीबाट प्रभावित ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिदमा सहज होस् भनेर उक्त अफर ल्याएको कम्पनीले जनाएको छ।
भीजीले सुजुकीका जिक्सर २५० र १५० सिरिज, इन्ट्रुडर तथा हायते मोटरसाइकल बिक्री गर्दै आएको छ। त्यसैगरी, बर्गम्यान, एक्सेस् र लेट्स स्कुटरका विभिन्न मोडल बिक्री गरिरहेको छ।
१ साउनदेखि सुरू भएको यो अफर ३१ साउनसम्म चल्नेछ।