बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार बिहान म्याग्दीमा ६, बागलुङमा २, स्याङ्जामा २ र पर्वतमा २ जना संक्रमित थपिएका हुन् ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

पोखरा- गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार बिहान म्याग्दीमा ६, बागलुङमा २, स्याङ्जामा २ र पर्वतमा २ जना संक्रमित थपिएका हुन् ।

म्याग्दीको बेनी र अन्नपूर्ण गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ भने मालिका र मंगला गाउँपालिकामा २/२ जना संक्रमित भेटिएका छन् ।

यस्तै पर्वतको जलजला र महाशिला गाउँपालिकामा १/१, बाग्लुङको बडीगार्ड र काठेखोला गाउँपालिकामा १/१ र स्याङ्जाको पुतली बजार र कालिगण्डकी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरानाबाट १ हजार २ सय ९० जना संक्रमित भएका छन् ।

प्रकाशित: Jul 19, 2020| 10:57 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।