काठमाडौं- पुनः मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाका कारण देशका अधिकांश नदी र खोलामा बाढीको खतरा बढेको छ ।
अबको तीन दिन खतराको तहभन्दा माथिसम्म बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा छ । अबको तीन दिन सतर्कताको तहसम्म पुग्न सक्नेछ ।
खहरे खोलाहरुमा आकस्मिक रुपमा ठूलो बाढी आउन सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । नदी र खोला आसपासका क्षेत्रमा नजान पनि महाशाखाले अपिल गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार), भोलि (सोमबार) र मंगलबार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउलगायतका नदीमा पानीको बहाब उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने छ । केहि नदि खतराको तहसम्म पुग्न सक्नेछ ।
यस्तै मेचि, विरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया खोला, सुनसरी खोला, बुढीखोला, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया, पूर्वी राप्ती, अरुण खोला, तिनाउ, बाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याली, चौधरलगायत प्रदेश नम्बर १, २, ५, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने प्राय सबै नदिमा बहाब बढ्ने र सतर्कता आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ अबको तीन दिनको बाढी पूर्वानुमान
