सर्लाही- सर्लाहीका छुट्टाछुट्टै स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
मृतकमध्ये एक जना बालिका रहेको र दुईजना मानसिक सन्तुलन गुमाएकाहरु ब्यक्तिहरु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको बलवा नगरपालिका ९ घर भई हरिपूर्वा नगरपालिका ७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी ७ वर्षीया छोरी चाँदनी ठाकुरको नहरमा डुबेर मृत्यु भएको छ ।
हजुरआमासँगै खेतमा काम गर्न गएकी उनी गौशाला नगरपालिका ७ ट्याक्टर बाँधस्थित सेक्टर नहरमा पानी पिउन गएकी थिइन् । सोही क्रममा त्यही नहरमा डुबेर उनको मृत्यु भएको सर्लाहीका प्रहरीले जनाएको छ ।
त्यस्तै गोडैता नगरपालिका ८ बस्ने मानसिक सन्तुलन ठीक नभएका २५ वर्षीय विकाश कुमार दासको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बागमती नगरपालिका ६ बस्ने गोबिन्द सुवेदीकी ४२ वर्षीया श्रीमती अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर मृत्यु भएको छ ।