बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठोरीको सीता गुफानजिकैको सीमा स्तम्भ भारतीयले उखेलेर फाले

ठोरीको सीता गुफानजिकैको सीमा स्तम्भ भारतीयले उखेलेर फाले

पर्साको ठोरी गाउँपालिकास्थित सीता गुफानजिकै सीमा स्तम्भ भारतीयले उखेलेर फालिदिएका छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

पर्सा- पर्साको ठोरी गाउँपालिकास्थित सीता गुफानजिकै सीमा स्तम्भ भारतीयले उखेलेर फालिदिएका छन्।

शनिबार मध्यान्ह आएको भारतीय समुहले नेपाल भारत छुट्याउने सीमा स्तम्भ उखेलेर फालेको स्थानीय बासिन्दाले बताएका छन् ।

शनिबार स्थानीयले सीता गुफामा पूजा गरेको समयसम्म केही नभएको सीमा स्तम्भ दिउँसो साढे १२ बजेपछि उखेलिएको अवस्थामा पाइएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।

सीता गुफादेखि झण्डै ५ फिटको दूरीमा माथि डाँडामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ ढलेको अवस्थामा भेटिएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि नेपालकै ठोरी आसपासमा रहेको अभिव्यक्ति दिएपछि ठोरीले एकाएक चर्चा पाएको छ । उक्त क्षेत्रको सीमा स्तम्भ उखेलेर भारतीयले सीता गुफा क्षेत्र कब्जा गर्न खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

सीमास्तम्भ उखेलेको जानकारी पाएपछि ठोरीका स्थानीयले आक्रोशित हँुदै भारतविरुद्ध नाराबाजी गरेका थिए ।

सीमास्तम्भ ढलेपछि सशस्त्र प्रहरीले त्यहाँ जानलाई रोक लगाएको छ भने भारतीय एसएसबीले पनि भारततर्फबाट आउन रोक लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित: Jul 19, 2020| 07:23 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।