बुधबार, भदौ १०, २०८३

आजदेखि भारी वर्षा हुने, साउन ९ सम्म सतर्क रहन अपिल

पुनः मनसुन सक्रिय भएसँगै आज (आइतबार)बाट देशका अधिकांश भूभाग भारी वर्षा हुने भएको छ ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

काठमाडौं- पुनः मनसुन सक्रिय भएसँगै आज (आइतबार)बाट देशका अधिकांश भूभाग भारी वर्षा हुने भएको छ ।

देशका देशभर मौसम बद्लि भइ सामान्यदेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार तराई भूभागदेखि केही दक्षिणतिर रहेको मनसुनी न्यून चापीय रेखा आज साझसम्म नेपाल प्रवेश गर्ने र मनसुन थप सक्रिय हुनेछ ।

आज वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ।

भोलि (सोमबार) भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यो क्रम साउन ९ गतेसम्म कायम रहनसक्ने मौसमविद्हरुले बताएका छन् । उनीहरुका अनुसार मनसुन सक्रिय भएकाले झरी र भारी वर्षाको क्रम आगामी एक हप्ता कायम रहन सक्छ ।

भारी वर्षासँगै विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ। आज रातिदेखि भने वर्षा बढ्ने भएकाले नदीको सतहसमेत बढ्नसक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपिल गरेको छ ।

प्रकाशित: Jul 19, 2020| 06:58 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।