बुधबार, भदौ १०, २०८३

कोरोना संक्रमणमा फेरि रेकर्ड, एकैदिन थपिए २,६०,०००

सबैभन्दा बढी संक्रमित थपिनेमा क्रमशः अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिका छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

कोरोना भाइरसको महामारी सुरु भएयता पहिलो पटक एकै दिनमा साढे २ लाखभन्दा बढी संक्रमित भएका छन्।

शनिबार विश्वभर २ लाख ६० हजार संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सबैभन्दा बढी संक्रमित थपिनेमा क्रमशः अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिका छन्।

कोरोना संक्रमणबाट हुने दैनिक मृत्युको संख्यामा पनि कमी आएको छैन। हिजो शनिबार विश्वभर कोरोना संक्रमणका कारण ७ हजार ३६० जनाको ज्यान गएको छ।

२०१९ डिसेम्बर अन्तिम सातमा पहिलो पटक चीनको वुहानमा देखा परेको कोरोना भाइरस विश्वभर फैलिसकेको छ।

१ करोड ४४ लाखभन्दा बढी मानिस यसबाट संक्रमित भइसकेका छन्। यीमध्ये ६ लाख ४ हजारको मृत्यु भइसकेको छ।

बढी मृत्यु हुने देशको सूचीमा अमेरिका, ब्राजिल, इटाली, बेलायत, मेक्सिको, भारत अगाडि छन्।

८६ लाख मानिस भने कोरोना लागेर पनि निको भइसकेका छन्। विश्वभर अहिले सक्रिय संक्रमितको संख्या ५२ लाख छ। यीमध्ये करिब ६० हजारको स्वास्थ्य अवस्था गम्भीर छ।

 

प्रकाशित: Jul 19, 2020| 06:40 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।