बुधबार, भदौ १०, २०८३

दुई तिहाइ कोरोना संक्रमित संक्रमणमुक्त

नेपालमा अहिलेसम्म साढे १७ हजार जनामा कोरोना भाइरस संक्रमण भए पनि आजको दिनमा सक्रिय संक्रमित भने ५ हजार ८२५ जनामात्र छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

नेपालमा अहिलेसम्म साढे १७ हजार जनामा कोरोना भाइरस संक्रमण भए पनि आजको दिनमा सक्रिय संक्रमित भने ५ हजार ८२५ जनामात्र छन्।

अर्थात् दुई तिहाइ संक्रमित संक्रमणमुक्त भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ११ हजार ६३७ जना निको भइसकेका छन्। ४० जना संक्रमितको भने मृत्यु भएको छ।

एक साताको अवधिमा सक्रिय संक्रमित २ हजार ४१४ जना डिस्चार्ज भएका छन् । अहिलेका सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९ जना, २ मा १ हजार ८४४, बाग्मती प्रदेशमा ४११, गण्डकी प्रदेशमा ४०८ जना आइसोलेसनमा उपचाररत छन्। प्रदेश ५ मा ४१४ जना, कर्णाली प्रदेशमा ३१७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३५२ जना आइसोलेसनमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन र अधिकांशको स्वास्थ्य अवस्था सामान्य छ। हिजो शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

आजको दिनमा देशभरका क्वारेन्टिनमा २३ हजार २७५ जना छन् भने आइसोलेसनमा ५ हजार ८२५ जना।

हालसम्म देशभर ३ लाख ११ हजार ८२९ जनाको आरटी–पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण गरिएको छ।

प्रकाशित: Jul 19, 2020| 06:06 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।