बुधबार, भदौ १०, २०८३

मोरङका ६ वटा स्थानीय तह तीन ठूला योजना सञ्चालन गर्दै

विराटनगर– मोरङका ६ वटा स्थानीय तहले संयुक्तरुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापनको काम गर्ने भएका छन् ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

विराटनगर– मोरङका ६ वटा स्थानीय तहले संयुक्तरुपमा फाहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य) उर्जा निकाल्ने र दमकल व्यवस्थापनको काम गर्ने भएका छन् ।

बेलबारी, सुन्दरहरैचा, लेटाङ नगरपालिका, कानेपोखरी र केरावारी गाउँपालिकाले गौरवको आयोजनाका रुपमा तीव वटा योजनालाई अगाडि बढाएका छन् ।

लिभ्रा टेक्नोलोजि कम्पनीसँगको सहकार्यमा फोहोरवाट मोहर बनाउने, सोलार सौर्यवाट विद्युत उत्पादन गर्ने तथा दमकलको व्यवस्थापन सयुक्तरुपमा गर्ने गरि योजनालाई अगाडि वढाईएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । योजनाहरु सम्पन्नपछि स्थानीय तहहरुमा ठूलो परिवर्तन आउने विश्वास गरिएको उनले बताए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, केरावारी गाउपालिकाका प्रमुख रोहितबहादुर कार्की, कानेपोखरी गाँउपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले तथा उदयपुरको लिभ्रा टेक्नोलोजि कम्पनिका श्यामराज पाण्डे, र सुदिपकुमार चौधरी सहितको टोलिको सक्रियतामा ठूला योजनाहरु भित्र्याउन लागिएको हो ।

लामो सयमसम्म फोहोरमैला व्यवस्थापनमा समस्या देखिएपछि संयुक्त रुपमा फोहोर मैलालाई व्यवस्थापन गर्ने गरि ६ वटा स्थानीयतहरु जुटिरहेका छन । सोलार प्यानलको प्रयोगवाट आफ्नै पालिकामा सौर्य उर्जा उत्पादन गर्ने गरी समेत नगरपालिका तथा गाँउपालिकाहरु अगाडि बढेको बताइएको छ ।

 

प्रकाशित: Jul 19, 2020| 05:58 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।