धनगढी– सूर्य नेपाल प्रा.लि.ले सुदूरपश्चिम प्रदेश सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि सूर्य नेपाल प्रा.लि. ले सुदूरपश्चिम प्रदेश सरकारलाई सो रकम हस्तान्तरण गरेको हो ।
सूर्य नेपाल प्रा.लि. का क्षेत्रीय प्रबन्धक दामोदर शर्माले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकम हस्तान्तरण गरेका छन्।