बुधबार, भदौ १०, २०८३

बाजुरामा पहिरोबाट १० परिवार विस्थापित

घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि सिङ्गो परिवार विस्थापित भएको हो । घर माथिबाट पहिरो बग्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

एक हप्तादेखि निरन्तर परेको वर्षाका कारण १२ घरपरिवारमध्ये १० घरपरिवार विस्थापित भएका इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाका प्रहरी नायब निरीक्षक वसन्त खातीले जानकारी दिए। पहिरोका कारण स्थानीय उज्ज्वल विक, गोरे विक, ज्ञामा विक, माने विक, गोरख विक, दीपक विक, अङ्ग विक, बिरु विक, धनबहादुर विक, दिनेश विकलगायतको घरमाथिबाट आएको पहिरोका कारण विस्थापित भएको प्रहरी नायब निरीक्षक खातीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिका घटमुनाबाट प्रहरीको टोली नै खटाएर पहिरोको अवस्थाबारे जानकारी लिएर मुचुल्कासमेत तयार गरिएको छ । घरको पछाडिबाट आएका पहिरोका कारण छ घरपरिवार भने पूर्णरूपमा विस्थापित भएको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताइन्।

गाउँपालिका–१ को दुर्गाली, वडा नं ४ को गदाडा, ओस्तीबाडा वडा नं ६ को टुनीलगायतका टोल पहिराका कारण विस्थापित छन् । पहिरोको सबैभन्दा उच्च जोखिममा रहेका अन्द्राडी, शान्तिटोललगायतका बस्तीका जनतालाई गाउँपालिकाले बर्षात्को तीन महिना अस्थायी बसोबासका लागि पालहरु दिएर सम्बन्धित वडाको लेकतिर बस्न यसअघि नै आग्रह गरिसकेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताइन्।

पहिरोबाट प्रभावित भएका वडा तथा बस्तीमा प्रहरी परिचालन गरी सम्बन्धित ठाउँको स्थलगत घटना प्रतिवेदन पेश गर्ने गाउँपालिकाले आग्रह गरेको छ । प्रहरी प्रतिवेदनको आधारमा स्थानीयवासीलाई उद्धार राहतको व्यवस्था गाउँपालिकाले तत्काल गर्ने अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

हालसम्म गौमुल गाउँपालिका–१ को अन्द्राडी, दुगौली, सिम, वडा नं ४ को ओस्तिबाडा, वडा नं ६ को टुनी, बाम्नी, शान्तिटोल, गैरीबाडालगायतका टोल पहिरोको उच्च जोखिममा छन् ।

 

प्रकाशित: Jul 19, 2020| 05:54 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।