बुधबार, भदौ १०, २०८३

सलहको दुई झुण्ड दैलेख प्रवेश, किसान चिन्तित

दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो ।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो ।

दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन् ।

साँझ ५ बजे सदरमुकाम हुँदै दुईवटा ठूलो झुण्ड पूर्वी क्षेत्र प्रवेश गरेको छ । साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसान चिन्तित बनेका छन् ।

सलहको प्रकोप बढ्नेबारेमा कृषि विकास कार्यालय दैलेखले जिल्लाभर स्थानीय सञ्चारमाध्याममार्फत सूचना प्रवाह गरेको निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए।

 

प्रकाशित: Jul 19, 2020| 05:37 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।