बुधबार, भदौ १०, २०८३

साहित्यकार आत्रेयको निधन

लाटो साथी उपनामबाट परिचित संस्कृत र नेपाली भाषाका विशिष्ट विद्वान् विष्णुराज आत्रेयको ७५ वर्षको उमेरमा निधन भएको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- लाटो साथी उपनामबाट परिचित संस्कृत र नेपाली भाषाका विशिष्ट विद्वान् विष्णुराज आत्रेयको ७५ वर्षको उमेरमा निधन भएको छ।

विगत एक वर्षदेखि क्यान्सरबाट पीडित आत्रेयको पुरानो बानेश्वरस्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनका नेपाली भाषामा ढाक्रे, कपिलवस्तु, सोमतीर्थ र सुपा देउराली, हामीभित्रका म, अथातो जलान जिज्ञासा, वैदेही महाकाव्य प्रकाशित छन् भने संस्कृत भाषामा धन्यो हिमवत देश, श्री शंकराचार्य हनुमादयम्, श्रीसत्यनारायणकथामृतम् जस्ता कृति प्रकाशित छन्।

नेपाल संस्कृत विश्विवद्यालयमा लामाे समयसम्म प्राध्यापन गरेका आत्रेय नेपाल एकेडेमीका प्राज्ञसभाका सदस्य थिए। संस्कृत व्याकरणका विद्वान् आत्रेयको निधनले यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। आत्रेयको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

प्रकाशित: Jul 18, 2020| 10:17 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।