मंगलबार, जेठ ५, २०८३

‘मेहन्दी लगाउँदा विचार गरौँ’

कतिपयले मेहन्दीलाई पारिवारिक प्रेमसँग जोडेर पनि हेर्ने गरेका छन् । विवाहित महिलाले पतिको दिर्घायुको कामना गर्दै मेहन्दी लगाएको पाइन्छ ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

साउन महिना सुरु भएसँगै महिलाका हात मेहन्दी र हरियो चुराले सजिन थालेका छन् । बालिकादेखि वृद्धासम्मलाई साउनमा हरिया चुरा र मेहन्दीमा सजिन मन पर्छ । कतिपयले धार्मिक विश्वासका आधारमा मेहन्दी लगाउँछन् भने कोहीले फेसनका रुपमा पनि लगाउँछन्।

National life

कतिपयले मेहन्दीलाई पारिवारिक प्रेमसँग जोडेर पनि हेर्ने गरेका छन् । विवाहित महिलाले पतिको दिर्घायुको कामना गर्दै मेहन्दी लगाएको पाइन्छ ।

मेहन्दी लगाउँदा स्वास्थ्यमा खासै असर नपरे पनि कम गुणस्तरको मेहन्दी भने छालाका लागि हानिकारक हुने सम्बद्ध चिकित्सक बताउँछन्। बजारमा पाइने भन्दा घरैमा तयार पारिएको प्राकृतिक मेहन्दीको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।
छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ भन्छिन्, ‘गाढा बनाउने नाममा मेहन्दीमा प्रयोग गरिएका केमिकलहरुले मानिसको स्वास्थ्यमा असर गर्छ । बजारमा पाइने जस्तोसुकै मेहन्दीका कारण छाला पोल्ने, छालाको एलर्जी, फोका उठ्ने, डाबर उठ्नेजस्ता समस्या देखिन्छन् । त्यसैले सस्तो पाइयो भन्दैमा जस्तोेसुकै मेहन्दी लगाउनु हुँदैन।’

श्रेष्ठका अनुसार बजारमा पाइने हरियो हिना मेहन्दीको प्रयोग सामन्यतया ठिकै मानिए पनि रातो वा कालो हिनाको प्रयोगले छालामा समस्या ल्याउँछ । प्राकृतिक मेहन्दी प्रयोग गर्न उनको सुझाव छ ।

गर्भवती महिलाले पनि मेहन्दी लगाउनु राम्रो होइन। छालारोग विषेशज्ञ डा. श्रेष्ठका अनुसार मेहन्दीमा प्रयोग भएको केमिकलले गर्भको बच्चालाई समेत असर गर्छ । गर्भवतीले कपाल तथा हातमा मेहन्दी नलगाउन उनले सुझाव दिएकी छिन् । ‘गर्भवतीको छाला निकै संवेशनशील हुन्छ, त्यसैले केमिकल मिसाइएका तथा खराब मेहन्दीको प्रयोगले छालामा असर गर्ने हुनाले प्राकृतिक मेहन्दीमात्र प्रयोग गर्नुपर्छ,’ उनले भनिन्।

नेपालमा मेहन्दी बेचबिखनका लागि कुनै मापदण्ड बनाइएको छैन। बजार अनुगमन पनि भएको पाइँदैन। यसकारण बजारमा जथाभावी रुपमा कम गुणस्तरका मेहन्दी बिक्री भइरहेको छ । अनुगमन नहुँदा महिलाहरू बजारमा उपलब्ध स्वास्थ्य प्रतिकूलका मेहन्दी लगाउन बाध्य छन् ।

प्रकाशित: Jul 18, 2020| 08:02 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्