बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरोमा एकजनाको शव फेला, दुई अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा एकजनाको शव फेला, दुई अझै बेपत्ता

बिहीबार बिहानीपखको पहिरामा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा तीन जनामध्ये एकको शव फेला परेको छ ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

बिहीबार बिहानीपखको पहिरामा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा तीन जनामध्ये एकको शव फेला परेको छ ।

अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरामा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । तीमध्ये शुक्रबार दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङमु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।

यस्तै ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी तथा उद्धार कार्य जारी छ ।

प्रकाशित: Jul 18, 2020| 05:40 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।