बुधबार, भदौ १०, २०८३

विभिन्न देशबाट आज १२ सय बढी नेपाल फर्किए

कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा विभिन्न देशमा रोकिएका १ हजार २४९ नेपाली आज स्वदेश फर्किएका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा विभिन्न देशमा रोकिएका १ हजार २४९ नेपाली आज स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका १५ अन्तर्राष्ट्रिय उडान मार्फत् ती नेपालीहरु स्वदेश फर्किएका हुन्।

आज नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौँ ल्याएको छ। हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ।

त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौँ ल्याएको छ भने एयर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ। कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौँ ल्याएको छ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ। हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ।

शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ। आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका नौ चार्टर्ड उडान भएका छन्।

यती एयरलाइन्स, तारा एयर, समिट एयर, सीता एयर, सिम्रिक एयर, मनाङ एयर, श्री एयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तब्यमा चार्टर्ड उडान गरेका हुन्। रासस

प्रकाशित: Jul 17, 2020| 20:19 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।