काठमाडौं- नेपाली सेनाका सहायक रथी विज्ञान देव पाण्डेले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई हस्तान्तरण गरेका छन्।
सहायक रथी पाण्डेले २०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हालेका थिए। जिम्मेवारी हस्तान्तरण गर्दै पाण्डेले आफ्नो कार्यकालमा सहयोगी भूमिका निभाउने सबै आम सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा संवाददाताहरुप्रति आभार प्रकट गरेका छन्।
साथै उनले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएकोमा सम्पूर्ण प्रेस जगतलाई धन्यवाद ज्ञापन गरेके सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।