बुधबार, भदौ १०, २०८३

सूर्य नेपालद्वारा प्रदेश १ सरकारलाई १ करोड सहयोग

विराटनगर– बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसीले सहयोग रकम हस्तान्तरण गरे । कोरोनाको महामारीमा योगदान गर्ने उद्देश्यले देशका विभिन्न प्रदेशका सरकारलाई सहयोग गर्दै आएको केसीले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की लगायतको सहभागिता थियो । सूर्य नेपालको १ करोडसँगै प्रदेश १ को जनसुरक्षा कोषमा ३४ करोड ६६ लाख ६९ हजार जम्मा भएको छ ।

सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाइँमा सहयोग पुर्याउन सातवटै प्रदेशलाई १–१ करोडको दरले ७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

यसअघि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १–१ करोडको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित: Jul 17, 2020| 18:39 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।