बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ९ पुगेको छ ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ९ पुगेको छ ।

आज धनगढी प्रयोगशालामा ६ र डडेल्धुरा प्रयोगशालामा तीन गरी सुदूरपश्चिम प्रदेशमा नौ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार नाघेको हो।

डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा डडेल्धुरा, बझाङ र डोटीका एक–एक जनामा र धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा कैलालीका ६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी कैलालीमा नौ सय ४७, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७९, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९३, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७१ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित मध्ये एक हजार ६ सय बढी डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित: Jul 17, 2020| 18:35 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।