धनगढी– पछिल्लो २४ घण्टामा धनगढीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको एक सय १३ जनाको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । परीक्षणमा पाँच पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
शुक्रबार कोरोना पुष्टि भएका मध्ये धनगढी उप–महानगरपालिका–१५ का तीन जना, वडा नम्बर १४ का दुई जना र वडा नम्बर ३ का एक जना रहेको उनले जानकारी दिए। वडा नम्बर १४ फेला परेका कोरोना संक्रमित दुई बर्षीय बालक छन् ।
योसँगै धनगढी उप–महानगरपालिकामा ६७ पुरुष र ३० महिला गरेर कोरोना संक्रमितको संख्या ९७ पुगेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।