बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्षतिपूर्ति पछिमात्रै रेल निर्माणको काम सुरु गर्न माग

क्षतिपूर्ति पछिमात्रै रेल निर्माणको काम सुरु गर्न माग

विराटनगर– मोरङको बेलबारीका बासिन्दाले क्षतिपूर्तिपछि मात्रै रेल निर्माणको काम सुरु गर्न माग गरेका छन् ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

विराटनगर– मोरङको बेलबारीका बासिन्दाले क्षतिपूर्तिपछि मात्रै रेल निर्माणको काम सुरु गर्न माग गरेका छन् ।

मेची महाकाली रेल मार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको रेल निर्माणका क्रममा बेलबारी ९ र १० का १ सय २५ घर विस्थापित हुने भएकाले विस्थापित परिवारलाई क्षतिपूर्ति दिएर माग काम सुरु गर्न उनीहरुले माग गरेका हुन ।

शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले जेठ २६ गते जिल्ला प्रशासन कार्यालयबाट प्रकाशित सूचनाले अन्यौल बनाएको भन्दै क्षतिपूर्ति विना निर्माणको काम अघि नबढाउन माग गरिएको रेलमार्ग विस्थापित समन्वय तथा संघर्ष समितिका संयोजक महानन्द पोखरेलले बताए ।

जिल्ला प्रशासनको सूचनामा हकभोगको प्रमाणपत्र, जग्गाधनि प्रमाणपुर्जा, नागरिकता, मालपोत तिरेको रसिदको प्रतिलिपी, बोटविरुवा, घरटहरा उल्लेख गरी मुआब्जा पाउन निवेदन आह्वान गरेपनि सूचनामा क्षतिपूर्ति के कस्तो दरमा उल्लेख नगरिएको र कित्ता नम्वरहरु नमिलेकाले अन्योल छाएको संघर्ष समितिका सल्लाहकार संयोजक विश्वराज न्यौपाने बताए । उनले भने, ‘सूचना अनुसार कित्ता नम्वर नमिल्ने भएकाले हकभोगको माग गर्न नसकिने भएकाले पुन सूचना प्रकाशित गर्नुपर्यो ।’

मूल्यांकन समितिले स्थलगत अध्ययन गरी चलनचल्तीको मूल्य कायम गरी क्षतिपूर्ति दिनुपर्ने संघर्ष समितिका संयोजक पोखरेले बताए । उनले भने, ‘अव्यवस्थित बसोबास भएका क्षेत्रमा रेलमार्गबाट विस्थापित हुने परिवारलाई उचित वसोवासको व्यवस्था मिलाउनुपर्छ ।’

संघर्ष समितिले रेलमार्गले मापन गरेर रहेका टुक्राटुक्री जग्गाहरु उपभोग विहिन हुनाले टुक्राटुक्री जग्गाको पनि क्षतिपूर्ति पाउनुपर्ने माग गरेको छ ।

प्रकाशित: Jul 17, 2020| 17:47 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।