बुधबार, भदौ १०, २०८३

प्रदेश १ बाट थप २४ जना कोरोनामुक्त

विराटनगर– प्रदेश १ मा शुक्रबार २४ जना डिस्चार्ज भएका छन् ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

प्रदेश १ बाट थप २४ जना कोरोनामुक्त

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग वाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थायी केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । प्रदेश १ मा शुक्रबार १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ७ सय ७५ पुगेको छ ।

यसैवीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराजका ७३ वर्षीयको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

 

प्रकाशित: Jul 17, 2020| 17:20 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।