महानगरीय ट्राफिक प्रहरी महाशाखाले इम्पेरियल बिजनेस कलेजसँगको सहकार्यमा ट्राफिक प्रहरीबीच कोरोनाका विषयमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त महाराञ्जगञ्जका प्रमुख प्रहरी निरिक्षक (इन्सपेक्टर) केशवराज भट्ट पहिलो भए। प्रहरी नायब निरीक्षक शम्भु सुस्केरा दोस्रो र जवान प्रकाश ढकाल तेस्रो भए।
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः चार हजार, तीन हजार र दुई हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा काठमाडौ उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरीहरू सहभागी थिए।