बुधबार, भदौ १०, २०८३

समुदायमा कोरोना नफैलिएको निष्कर्ष

काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा समुदायस्तरमा ४ हजार ८०० जनामा गरिएको परीक्षणमा ३ जनामात्रै संक्रमित देखिएपछि मन्त्रालयले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको निस्कर्ष निकालेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती ३ जनामध्ये २ जना विदेशबाट आएको र १ जना ब्युटीपार्लर व्यवसायमा संलग्न हुन् । समुदायमा संक्रमण नफैलिए पनि सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले समुदायस्तरमा ४५ हजार परीक्षण गर्ने नीति अनुसार उपत्यकामा ५ हजारमा परीक्षण गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यका बाहिर पनि समुदायमा संक्रमण नफैलिएको जनाएको छ ।

 

प्रकाशित: Jul 17, 2020| 16:57 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।