बुधबार, भदौ १०, २०८३

थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १७ हजार ४४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा २२ हजार ७५६ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना पुष्टि भएर आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या हाल ५ हजार ८७१ छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसन तथा अस्पतालबाट कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २८५ छ। आजसम्म ११ हजार ५३४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

प्रकाशित: Jul 17, 2020| 16:29 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।