कृषि विकास बैंकले कृषि बन्ड जारी गर्न सक्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरी कृषि क्षेत्रमा लगानीको अगुवा बैंकको रुपमा स्थापित गर्नका लागि कृषि विकास बैंकले कृषि बन्ड जारी गरी कृषि क्षेत्रमा लगानी गर्ने गरी नीति अगाडि सारेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको र सो रकम कृषि बन्ड खरिद गरेर पनि लगानी गर्न सकिने व्यवस्था गरिएको बताए।
त्यस्तै वाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कम्तीमा १० प्रतिशत लगानी गर्नुपर्ने र उर्जा बन्ड जारी गर्न सकिने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।