बुधबार, भदौ १०, २०८३

पहिरो पीडितलाई भेट्न पुगे कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिनअघि तनहुँमा गएको बाढि पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेटेका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिनअघि तनहुँमा गएको बाढि पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेटेका छन्।

वरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।

घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकीय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए। अस्पतालमा उपचाररत दुवै जनाले पहिरोमा परि परिवार गुमाएका थिए।

प्रकाशित: Jul 17, 2020| 14:40 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।