बुधबार, भदौ १०, २०८३

करोडौं ठगी गरि फरार युवक पक्राउ

पूर्वी तराईका विभिन्न जिल्लामा करोडौं रकम ठगी गरि फरार युवक पक्राउ परेका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- पूर्वी तराईका विभिन्न जिल्लामा करोडौं रकम ठगी गरि फरार युवक पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले झापा, दमक नगरपालिका-७, कृष्ण मन्दिर नजिकै बस्ने २९ वर्षीय चन्दन जिन्दल उर्फ मनिष अग्रवाललाई बिहीबार साँझ पक्राउ गरेको हो।

उनलाई भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ३, गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको महाशाखाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अभियुक्त जिन्दलमाथि झापा, बारा, पर्सा र सर्लाहीका विभिन्न व्यक्तिबाट सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, बारामा बैंकिङ कसूर र जनकपुरस्थित उच्च अदालतको अस्थायी इजलास, वीरगन्ज तथा इलाका प्रहरी कार्यालय, दमक, झापामा ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। साथै जिल्ला अदालत, झापाले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

अभियुक्त जिन्दलले बारा र पर्साका खाद्यान्न व्यापारीलाई विश्वासमा लिएर उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीलाई खरिद मूल्यभन्दा कम मूल्यमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यस्तै, झापामा जमिन र हार्डवेयर व्यवसायमा पनि उनले ठगी गरेको बुझिन आएको प्रहरीको भनाइ छ।

अभियुक्त जिन्दललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jul 17, 2020| 13:52 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।