बुधबार, भदौ १०, २०८३

नेकपा स्थायी कमिटी बैठक चौथोपटक स्थगित

पटक पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

पटक पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पर्सी आइतबारसम्मका लागि सरेको हो।

दिउँसो स्थायी कमिटी बैठक बस्ने भएपछि आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।

भेटमा प्रचण्डले राजीनामा दिएर बाटो सहज बनाउन ओलीलाई आग्रह गरेको र ओलीले राजीनामाको विकल्प खोजेर पार्टीमा विवाद नबढाउन आग्रह गरेको स्रोतले जनाएको छ।

पार्टीभित्रको विवाद समाधानका लागि ओली र प्रचण्डबीच पटक पटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन।

असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्। राजीनामाको विवाद चर्किएसँगै नेकपाभित्रको विवाद पेचिलो बनेको छ।

पछिल्लो पटक २२ असारदेखि स्थायी कमिटी बैठक नबसी स्थगित हुँदै आएको छ। २२ असारका लागि तय भएको बैठक नबसी २४ गतेसम्म स्थगित भयो। २४ गते पनि नबसी २६ गतेका लागि सारियो।

२६ गते पनि स्थगित भयो र आज २ गतेका लागि डाकियो। आज दिउँसोका लागि तय भएको बैठक ४ गते ३ बजेका लागि सारिएको नेकपा नेता सूर्य थापाले जनाएका छन्।

प्रकाशित: Jul 17, 2020| 12:53 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।