बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीति आज : सीसीडी ८५ प्रतिशत, स्वेच्छिक मर्जर र नगद लाभांशमा क्याप

मौद्रिक नीति आज : सीसीडी ८५ प्रतिशत, स्वेच्छिक मर्जर र नगद लाभांशमा क्याप

नेपाल राष्ट्र बैंकले शुक्रबार ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेको हो।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेको हो।

कोरोना भाइरस (कोभिड-१९)ले थिलथिलो पारेको आर्थिक क्षेत्रको सम्पूर्ण ध्यान नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति तर्फ छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गर्ने मौद्रिक नीतिमा सीसीडी रेसियोलाई ८५ प्रतिशतमा पुर्याउने भएको छ।

हालसम्म बैंकहरुले सीसीडी रेसियो ८० प्रतिशत कायम गर्नुपर्ने थियो। ब्याजदरलाई कम गरी बजारमा पर्याप्त तरलता पठाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले सीसीडि रेसियो बढाउनुपर्ने माग राख्दै आएका थिए।

त्यसैगरी, राष्ट्र बैंकले मौद्रिक नीतिमा गत वर्षको लाभांशबाट ३० प्रतिशतभन्दा बढी नगद लाभांश दिन नपाउने व्यवस्था गरेको छ। बैंकले आफ्नो नाफाबाट आफ्ना सेयरधनीहरुलाई जति पनि नाफा दिन पाउने व्यवस्था विद्यमान छ। त्यसैले राम्रो नाफा कमाएका बैंकहरुले ४० देखि ६० प्रतिशतसम्म नगद लाभांश दिने गरेका थिए। अब भने त्यो हट्ने छ।

त्यस्तै, मौद्रिक नीतिले ४० प्रतिशत डाउन पेमेन्टमा नै गाडी कर्जा दिने व्यवस्था गरेको छ। हाल ६० प्रतिशत डाउन पेमेन्टमा मात्र बैंकहरुले गाडी कर्जा उपलव्ध गराउने व्यवस्था छ।

त्यसैगरी, घरकर्जाको सीमा पनि १० प्रतिशतले बढाएको छ भने सेयर कर्जा पनि ५ प्रतिशतले बढाउने व्यवस्था गरेको राष्ट्र बैंकका एक स ञ्चालकले जानकारी दिए। हाल घरकर्जा ६० प्रतिशत र सेयर धितो कर्जा ५० प्रतिशत मात्र थियो।

त्यस्तै, मौद्रिक नीतिमा बिग मर्जरलाई स्वेच्छिक बनाउने विषयमा सहमति भएको छ। मर्जलाई फोर्सफुल्ली गर्नुपर्ने प्रावधान राख्न गभर्नर महाप्रसाद अधिकारीले कोसिस गरे पनि अन्य सञ्चालकहरुले नमान्दा स्वेच्छिक गरिएको हो।

प्रकाशित: Jul 17, 2020| 12:26 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्