बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च सैनिक आचरण कायम गर्न प्रधानसेनापति थापाको निर्देशन

उच्च सैनिक आचरण कायम गर्न प्रधानसेनापति थापाको निर्देशन

प्रधानसेनापति पूर्णचन्द्र थापाले उच्चस्तरको सैनिक आचरण कायम गर्न निर्देशन दिएका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले उच्चस्तरको सैनिक आचरण कायम गर्न निर्देशन दिएका छन्।

दोस्रो सैनिक आचारसंहिता २०७७ को शुभारम्भ गर्दै थापाले संगठन सुधारका लागि कार्यरत सबै सैनिकमा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्नेमा जोड दिएका हुन्।

थापाले आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताए।

‘पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन हो’ थापाले भने,‘संगठनमा आचारसंहिता सम्बन्धी विषयमा हरेक व्यक्तिले हरेक दिन विशेष जोड दिनुपर्दछ।’

सैनिक संगठन भित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले वार्षिक कार्यक्रमको रुपमा “आचारसंहिता सप्ताह“ सञ्चालन हुँदै आएको छ।

साउन ८ गते सम्म चल्ने सप्ताहमा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन हुने प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

प्रकाशित: Jul 17, 2020| 11:40 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।