काठमाडौं- सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित पक्राउ परेका छन्। पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
उपमहानगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परिक्षा संचालनमा भएको खर्च भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त घुस लिएको अवस्थामा पोखरेललाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
अख्तियारको इटहरीबाट खटिएको टोलीले लेखा अधिकृत पोखरेललाई वडा नम्बर ६ बीपी चोकबाट नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।