बुधबार, भदौ १०, २०८३

सुनको मूल्य घट्यो, तोलाको ९२,२००

सुनको मूल्य आज फेरि घटेको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९२ हजार २०० रुपैयाँ तोकिएको छ।

हिजो (बिहीबार) यसको मूल्य ९२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला सय रुपैयाँ घटेको थियो।

यस्तै, तेजाबी सुन पनि प्रतितोला पाँच सय रुपैयाँ घटेर ९१ हजार ७६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेर ९९५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Jul 17, 2020| 11:13 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्