सुनसरी- कोरोना संक्रमित विरामीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ४० पुगेको छ। प्रदेश नम्बर १ मा भने पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो।
बिहीबार मृत्यु भएका बृद्ध बुधबार मात्रै अस्पताल भर्ना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए।
उनका अनुसार मुटु रोगको उपचार गर्न अस्पताल पुगेका उनको बुधबार नै स्वाव निकाललिएको थियो भने बिहीबार कोरोनाको रिपोर्ट आएको थियो।