बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माछापुच्छ्रेमा पहिरोले घर बगायो, एकै परिवारका तीन जनाको मृत्यु

माछापुच्छ्रेमा पहिरोले घर बगायो, एकै परिवारका तीन जनाको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना विकको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार आज (शुक्रबार) बिहान ५ः४५ बजे २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । मृतक तीनै जना एउटै कोठमा सुतेका थिए । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका छन्।

पहिरोबाट प्रेमराज दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरु बिहान सबेरै उठेका कारण पहिरोबाट जोगिएका थिए ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगेको छ।

प्रकाशित: Jul 17, 2020| 09:14 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।