बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेकर्ड तोड्नेगरी फैलियो कोरोना, एकै दिनमा २ लाख ४८ हजार संक्रमित

रेकर्ड तोड्नेगरी फैलियो कोरोना, एकै दिनमा २ लाख ४८ हजार संक्रमित

पछिल्लो २४ घण्टामा अहिलेसम्मका सबै रेकर्ड तोड्दै २ लाख ४८ हजार ४ सयभन्दा धेरै संक्रमित थपिएका छन् । एकै दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रेकर्ड तोड्ने गरि झनै तिब्र गतिमा फैलिएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मका सबै रेकर्ड तोड्दै २ लाख ४८ हजार ४ सयभन्दा धेरै संक्रमित थपिएका छन् । एकै दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।

यसअघि सबैभन्दा बढि एकै दिनमा जुलाई १० अर्थात असार २६ गते एकै दिनमा २ लाख ३७ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भएको थियो । जुलाई १५ अर्थात असार ३१ गते २ लाख ३४ हजार ९ सय ३६ जना संक्रमित थपिएका थिए । यो सबै रेकर्ड तोड्दै बिहीबार २ लाख ४८ हजार ४ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट अमेरिकामा ७३ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् भने ९ सय ६३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४३ हजार ८ सय २९ मा संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ९९ जनाको मृत्यु भएको छ ।

भारतमा बिहीबार एकै दिनमा ३५ हजार ४ सय ६८ जना संक्रमित थपिएका छन् भने ६ सय ८० जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अफ्रिकामा १३ हजार १ सय ७२, कोलम्बियामा ८ हजार ३७, रुसमा ६ हजार ४ सय २८, मेक्सिकोमा ६ हजार १ सय ४९, पेरुमा ३ हजार ८ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म (बिहिबार बिहान) कोरोनाबाट १ करोड ३७ लाख ५८ हजारभन्दा धेरै संक्रमित भएका छन् । ५ लाख ८९ हजार ९३ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय झनै तिब्र गतिमा कोरोना फैलिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गर्दै आएको छ । उसले कोरोना महामारीको अझै खराब स्वरुप आउन बाँकी नै रहेको बताएको छ।

डब्लुएचओका प्रमुख टेड्रोस एडहनाम गिब्रयेससले भनेका छन्, ‘विश्वभरका सरकारहरुले सही नीति पालना गरेनन् भने यो भाइरसले अझै धेरै मानिसलाई संक्रमित गराउन सक्छ।’

कोरोनाले अझै भयावह रुप लिनसक्ने तर्फ विश्वका सरकारहरुलाई सचेत हुन पनि उनले अपिल गरेका छन् । यो महामारी सकिने समय अझै निकै टाढा रहेको डब्लुएचओको निष्कर्ष छ ।

प्रकाशित: Jul 17, 2020| 07:54 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।