बुधबार, भदौ १०, २०८३

जङ्गी अड्डामा 'सैनिक आचारसंहिता सप्ताह'

प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिएका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जामा सैनिक मूल्यमान्यता, आचरण, देशभक्ति, निःस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्न निर्देशन दिएका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा आचारसंहिता सप्ताह २०७७ शुभारम्भ गर्दै उनले आचारसंहिता बहालमा रहँदा होस् वा अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताए । प्रधानसेनापति थापाले भने, “पेशेवर र व्यावसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सङ्गठन भएकाले सेनामा आचारसंहिता पालनामा हरेक व्यक्ति गम्भीर हुन आवश्यक छ ।”

सकल दर्जालाई बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र गर्न नहुने कार्यका बारेमा सुसूचित गराउँदै अनुशासित, आचारणयुक्त र जिम्मेवार व्यक्तिका रुपमा विकास सेनाले सबै तह र निकायमा अघिल्लो वर्षदेखि यो सप्ताह मनाउन शुरु गरेको हो ।

सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनोट, आर्थिक कारोवार, लैङ्गिक आचरणलगायत विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल र प्रवचन सञ्चालन हुने छ ।

अघिल्लो वर्ष वैशाख ६ देखि १३ गतेसम्म ‘नेपाली सैनिक आचारसंहिता सप्ताह’ कार्यक्रम पहिलोपटक आयोजना गरिएको थियो । सेनाका सबै तह र संरचनामा विद्युतीय माध्यमबाट प्रत्यक्ष जानकारी लिन सक्ने गरी उक्त कार्यक्रम सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित: Jul 17, 2020| 06:44 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।