बुधबार, भदौ १०, २०८३

साना व्यवसायीले बैंकमार्फत् कर विवरण बुझाउन सक्ने

साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ ।

साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्न सरकारले उक्त व्यवस्था गरेको हो ।

आन्तरिक राजश्व विभागमा बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयबाटै ‘भर्चुअल’ प्रविधिमार्फत सो प्रणालीको शुभारम्भ गरे। । साना व्यवसायीले बैंकमार्फत कर र आय विवरण बुझाएपछि तत्कालै करचुक्ता प्रमाणपत्र लिनसकिने व्यवस्था मिलाइएको छ ।

विभागका निर्देशक महाराज कोइरालाले साना करदाताले अब १० मिनेटभित्रै आय विवरण र कर बुझाएर करचुक्ता प्रमाणपत्र लिनसक्ने जानकारी बताए। “अब साना करदाताले घरमै बसेर आय विवरण र कर बुझाउन सक्नेछन्, यसबाट साना करदातालाई निकै फाइदा भएको छ”, उनले भने । यसअघि साना करदाताले आय विवरण बुझाउन आफू दर्ता रहेकै आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय धाउनुपर्ने अवस्था थियो ।

मुलुकको सबै भूभागमा कर कार्यालय वा करदाता सेवा कार्यालय नहुँदा साना करदाता सरकारलाई तिर्नुपर्ने करभन्दा बढी रकम र समय खर्चेर कर बुझाउन जानुपर्ने बाध्यतामा थिए । कर तिर्न कठिनाइ हुँदा कतिपय साना व्यवसायी करको दायरमा समेटिन सकेका थिएनन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटको बजेटको बुँदा नं ३३३ मा वार्षिक रु २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट बुझाउनसक्ने व्यवस्था मिलाइने घोषणा गरिएको थियो । बक्यौता नहरेका करदाताले पेश गरेको आय विवरणअनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट करदाता स्वयंले लिन पाउने व्यवस्था गर्ने विषयलाई बजेटमा समावेश गरिएको थियो ।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रणालीमा सुधार गरिएसँगै यसबाट झण्डै पाँच लाखको हाराहारीमा रहेका साना व्यवसायी लाभाविन्त हुने जानकारी दिए। विभागले वार्षिक रु २० लाखसम्म कारोबार र दुई लाखसम्म आय भएका प्राकृतिक व्यक्तिले आयकर ऐन, २०५८ अनुसार आय विवरण तथा कर भुक्तानी बैंकमार्फत गर्न सकिने व्यवस्था गरेको हो ।
रासस

प्रकाशित: Jul 17, 2020| 06:07 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्