बुधबार, भदौ १०, २०८३

'कोरोनाको बढी असर पर्यटन र यातायात क्षेत्रमा'

अर्थमन्त्री डा युवराज खतिवडाले विश्वभर फैलिएको कोभिड–१९ले पर्यटन र यातायात क्षेत्रमा बढी असर गरेको बताएका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

अर्थमन्त्री डा युवराज खतिवडाले विश्वभर फैलिएको कोभिड–१९ले पर्यटन र यातायात क्षेत्रमा बढी असर गरेको बताएका छन्।

दक्षिण एशियाको पर्यटन क्षेत्रमा पारेको प्रभाव र त्यसलाई कम गर्ने उपायका विषयमा एक कार्यक्रमलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल सरकारले गरेका प्रयास तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयासबारे जानकारी गराए।

विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रका उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवं विश्व बैंकका पदाधिकारी बीच आज उक्त विषयमा छलफल भएको हो ।

छलफलमा मन्त्री डा खतिवडाले नेपालको सन्दर्भमा शुरुआती चरणमा पदयात्रा र पर्वतारोहण जस्ता कम भीडभाड, न्यून जोखिममुक्त र तुलनात्मक रुपमा सुरक्षित स्थानबाट पर्यटन प्रवद्र्धन गर्न उपयुक्त हुने धारणा राखेका थिए।

कोभिड–१९ को असरबाट पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न पर्यटक आगमनका स्रोत मुलुकहरुमा विविधिकरण गरी व्यवस्थित र सुरक्षित बनाउने, पर्यटक आगमन सङ्ख्या र गुणस्तर बढाउँदै मूल्य अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने र नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान, विकास तथा पर्यटन उपजमा विविधिकरण गर्नुपर्नेमा उनले जोड दिए।

उनले पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय यातायातलाई कम खर्चिलो, सहज, सुरक्षित, गुणस्तरीय र विश्वसनीय बनाउँदै क्षेत्रीय सहयोग र सहकार्यको रुपमा पर्यटन व्यवसायलाई एक अर्काको परिपूरकको रुपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे

मन्त्री डा खतिवडाले आन्तरिक पर्यटनलाई बढावा दिनुपर्ने उल्लेख गर्दै पर्यटन क्षेत्रमा भएको लगानीको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले पर्यटन पूर्वाधार र सेवा सुविधामा विविधिकरण गरी कोभिड–१९ का कारण लगानी र पूँजी क्षय हुन नदिई बेमौसमी पर्यटन प्रवद्र्धन जरुरी रहेको आवश्यकता औँल्याए।

उक्त छलफलमा विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, भुटानका श्रम मन्त्री उग्गेन दोर्जी, बङ्गलादेशका विदेश राज्य मन्त्री मोहम्मद आलम, विश्व आर्थिक मञ्चका क्रिस्टोफ उल्फलगायत अर्थशास्त्री एवं निजी क्षेत्रको सहभागिता थियो ।

प्रकाशित: Jul 17, 2020| 06:02 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।