बुधबार, भदौ १०, २०८३

अधिवेशन टार्ने कुनै प्रपन्च मान्य छैन : पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन पदाधिकारीले आपत्ति जनाएका छन्।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन पदाधिकारीले आपत्ति जनाएका छन्।

सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन गर्नुपर्ने पदमा महाधिवेशनको तयारी सुरु भएपछि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले आपत्ति जनाएका हुन्।

नेताहरूले पार्टी निर्वाचन समितिलाई सम्बोधन गरी लेखिएको पत्रमा भनेका छन्, ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताविपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुरासयसमेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन आदरणीय पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’

देउवाले पार्टीका विभागलाई २८ बाट बढाएर ४३ पुर्‍याएका थिए। तर अहिलेसम्म केहीमा मनोनयन हुन सकेको छैन। बाँकी विभागमा देउवाले नियुक्ति प्रक्रिया अघि बढाएपछि पौडेल समूहले आपत्ति जनाएको हो।

कांग्रेसको १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।

प्रकाशित: Jul 16, 2020| 19:30 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।