काठमाडौं– सचिव मानबहादुर विश्वकर्मालाई अमेरिकी राजदूत र्याण्डी बेरीले बधाई दिएका छन्।
दलित समुदायबाट सचिव बन्नु समावेशी र प्रजातन्त्रको लागि महत्वपूर्ण खुड्किलो भएको राजदूत बेरीको भनाइ छ।
उनले भनेका छन्, “दलित समुदायबाट राज्यको माथिल्लो निकायमा पुग्नु सिमान्तकृत समुदायको लागि प्रेरणाको स्रोत पनि हो।”
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।
उनी दलित समुदायबाट सचिव बन्ने पहिलो व्यक्ति हुन्।