बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकलाई थप एक खर्बको कोष बनाउन अर्थ समितिको निर्देशन

राष्ट्र बैंकलाई थप एक खर्बको कोष बनाउन अर्थ समितिको निर्देशन

संसदको अर्थ समितिले मौद्रिक नीतिमा एक खर्ब रुपैयाँ बराबरको कोषको व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- संसदको अर्थ समितिले मौद्रिक नीतिमा एक खर्ब रुपैयाँ बराबरको कोषको व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

समितिले सहुलियतमा पाँच प्रतिशत ब्याजदरमा कर्जा प्रवाहका लागि यस्तो व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

समितिको बिहीबार बसेको बैठकले घरेलु, साना तथा मझौला उद्यम, पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि चालु आवको बजेटमा भन्दा थप एक खर्बको कोष बनाउन निर्देशन दिएको छ।

यस्तै उद्योगी व्यवसायीका लागि एक खर्बको पुनर्कर्जा कार्यक्रम निरन्तरता दिई तत्काल लागू गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

समितिले आगामी मौद्रिक नीतिमार्फत प्रत्येक वाणिज्य बैंकले १०, विकास बैंक र फाइनान्सले ५ जनालाई सहुलियत ऋण दिने ग्यारेन्टी गर्ने कार्यविधिसहित मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

समितिले बजेटमा समेटिएका राहतका सम्पूर्ण कार्यक्रम पीडितको हातमा पुग्ने गरी कार्यविधि बनाएर कार्यान्वयन गर्न पनि भनेको छ।

राष्ट्र बैंकलाई उद्योग व्यवसायमा प्रवाह भएको कर्जाको प्रभावका आधारमा पुनर्संरचना, ब्याज पुँजीकरण र पुनर्तालिकीकरण गर्न पनि निर्देशन दिएको छ।

 

प्रकाशित: Jul 16, 2020| 18:13 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्