बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दीर्घकालीन आर्थिक वृद्धि हुने गरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव

दीर्घकालीन आर्थिक वृद्धि हुने गरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव

नेपाली कांग्रेसले कोभिड-१९ ले पारेको प्रभावलाई न्यूनिकरण गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- नेपाली कांग्रेसले कोभिड-१९ ले पारेको प्रभावलाई न्यूनिकरण गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ।

कोभिड-१९ का कारण मुलुक आर्थिक मन्दीको अवस्थामा रहेका बेला नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै कांग्रेसले आर्थिक पुनरूत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवम् बाह्य भुक्तानी सन्तुलनमा केन्द्रित रहेर मौद्रिक नीति ल्याउन कांग्रेसले सुझाव दिएको हो।

आगामी मौद्रिक नीति विशेष परिस्थितिमा आउन लागेकाले मौद्रिक र वित्तीय नीति दुबैको लक्ष्य महामारीले थोपारेको स्वास्थ्य, आर्थिक र मानवीय संकटबाट समाजलाई पार लगाउन सहयोग गर्ने हुनुपर्ने काँग्रेसको सुझाव छ।

अनौपचारिक क्षेत्रमा संलग्न धेरैको रोजगारी गुमेकोले लघुवित्त संस्थाहरुलाई सबल र स्रोत सम्पन्न बनाई कृषि तथा पशु विकास कार्यक्रम, बिमा, सीप र व्यवसायिक तालिम, स्वरोजगारी प्रबद्र्धन गरी कृषि व्यवसायको संरक्षणमा जोड दिनुपर्ने कांग्रेसको सुझाव छ।

अधिकांश ऋणीहरूले साँवा र ब्याजको किस्ता समयमा तिर्न सक्ने अवस्था नरहेको हुँदा बैंक तथा वित्तीय संस्थाहरूको नगद प्रवाहमा प्रतिकूल असर पर्ने देखिएकाले तरलता व्यवस्थापनका लागि सीसीआर, सीसीडी, रिपो जस्ता उपकरणमार्फत् केन्द्रीय बैंकले समस्याको समाधान गर्नुपर्ने कांग्रेसले सुझाएको छ।

नेपाली कांग्रेस अर्थतन्त्र सम्बन्धी विशेष समितिले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्र बैंकलाई उक्त सुझाव दिएको हो।

प्रकाशित: Jul 16, 2020| 17:14 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्